बाघको आक्रमणबाट महिलाको मृत्यु



धनगढी ।

बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ।

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।

पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसंग मेलापातका लागि नेशनल पार्क गएकी थिइन्।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्