अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा



काठमाडौँ ।

अवस्था ठिक नभएका सवारी चलाउने २६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बिहीबार कीर्तिपुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले यान्त्रिक परीक्षण गरेको थियो । यान्त्रिक परीक्षण गर्दा ह्यापण्डब्रेक ठिक नभएका १९ ओटा र लाईटहरु दुरुस्त नभएका ७ ओटा गरी २६ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको छ ।

१ सय १५ भन्दा बढी सवारी साधन चेक गर्दा २६ ओटा सवारी साधनमा समस्या देखिएको हो ।

नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्न सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्