कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको ३ दिन पछि मृत्यु 



सिन्धुली । 

मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोलामा कारले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । गएको चैत ४ गते शनिवार साँझ ६ बजे तिर कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी कमलामाई नगरपालिका ९ का गोपाल गुवाजुको १० बर्षिया छोरी विपाशा गुवाजुको तिन दिन पछि मंगलवार उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुलीमाढीबाट उदयपुरको कटारी तर्फ जाँदै गरेको बा १५ च ९२३८ नम्बरको कारले बाटो काट्ने क्रममा बालिका गुवाजुलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिका गुवाजुको न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्