माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु



ललितपुर । 

ललितपुरको ग्वार्को चोकमा माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु  भएकाे छ ।

मोटरसाइकलले ठक्कर दिएपछि साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाकाे मृत्यु भएकाे काठमाडौँको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

माेटरसाइकलकाे ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएकाे हाे ।  घाइते भएका मोटरसाइकलका चालक  धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्