नेपालले विशाल लक्ष्य पछ्यायो



काठमाडौं । त्रिवि मैदानमा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को ब्याटिङ निकै चल्यो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यो अन्तिम खेल समेत थियो । नेपालको घरेलु मैदानमा यूएईका खेलाडीले आफ्नै मैदान झै खेले । छक्काको वर्षा समेत गरेको यो खेलमा पाहुना टोली यूएईले पहिले ब्याटिङ गरेर ३ सय १० रन बनायो । यो नेपाल विरुद्ध नेपालकै घरेलु मैदानमा विपक्षीले बनाएको ठूलो स्कोर थियो ।

नेपालका बलरको खासै जादु चलेन । सन्दीप लामिछाने समेत यो खेलमा विवश देखिए । उनले एक विकेट लिन १० ओभरमा ८० रन खर्चेका थिए । ललितनारायण राजवंशी र सोमपाल कामीले पनि एक–एक विकेट लिएका थिए । बाँकी दुई विकेट दिपेन्द्रसिंह ऐरीको नाममा रह्यो । नेपालविरुद्ध यूएईका तीन खेलाडीले रन बटुलेका थिए । शुरुका ब्याटर अरबिन्दले शतक प्रहार गर्न असफल भए । उनलाई सोमपाल कामीले ९४ रनमा आउट गरेर शतक बनाउन दिएनन् । शुरुकै अर्का ब्याटर कप्तान मोहम्मद वसिम ६३ रनमा आउट भएका थिए ।

तर, तल्लोक्रमका ब्याटर आसिफ खानले भने तुरुन्तै शतक प्रहार गरे । आसिफले ४२ बलमा १ सय १ रन बनाएर टोलीको स्कोर ३ सय पु¥याइदिए । उनले यस खेलमार्फत् इतिहास पनि रचे । अघिल्लो दिन यूएईका कप्तान वसिमले राखेको कम बलमा शतक प्रहार गर्ने कीर्तिमानलाई ओझेलमा पारेका थिए । वसिमले अघिल्लो दिन पपुवा न्युगिनीविरुद्ध ६३ बलमा शतक प्रहार गरेका थिए । तर, आसिफले ४१ बलमा शतक प्रहार गर्दा ११ छक्का प्रहार गर्नुका साथै ४ चौका पनि हाने ।

जवाफमा नेपालको लागि कठिन होला जस्तो देखिएको थियो । तर, नेपालका खेलाडी कोही न कोही ब्याटिङमा जमेकै हुन्छ । नेपालले यसै मैदानमा २ सय ८६ रनको विशाल लक्ष्य भेटाएको पनि थियो । यस खेलमा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल खासै जम्न सकेनन् । तर, ओपनर कुशल भुर्तेलले ५० रन बनाए । उनको प्रेरणामा भीम कार्कीले ६७ रन बनाए भने करण केसीको स्थानमा आएका गुलशन झाले निरास गरेनन् । उनले छिटै ५० रन बनाए । उनले त खेलको ४२ औं ओभरमा वसिमको एकै ओभरमा ३ चौका र १ छक्का प्रहार समेत गरे । यस्तै आरिफ शेखले ५२ रनको अर्धशतकीय इनिङ खेले ।

खराब प्रकाश बाधक

खेल रोमाञ्चक बनिरहेको अवस्थामा मौसम खलनायक बनिदियो । खेल सकिन ६ ओभर बाँकी रहेको अवस्थामा प्रकाश नपुगेको भन्दै खेल रोकियो । यतिबेलासम्म नेपालले ६ विकटको क्षेतिमा २ सय ६९ रन बनाएको थियो । नेपालको लागि ३ सय ११ रनको लक्ष्य भेटाउन ३६ बलमा ४२ रनको आवश्यक थियो । खेले पनि नेपालले जित्ने संभावना धेरै नै थियो । तर, खेल रोकिएर डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल ९ रन विजयी भयो ।

नेपालको दोस्रो पटक सिरिज क्लिन स्विप

नेपालले लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा ९ चरणको खेल खेलेको छ । जसमा ३६ खेल खेल्दा ४० अंक जोडेको छ । नेपालले अन्तिम ३ सिरिजमा १२ खेल खेल्दा ११ खेलमा जित हात पारेको छ । यो तीन सिरिज खेल्न अघि नेपालको १८ अंक थियो । यो तीन सिरिज खेलेपछि नेपालको ४० अंक भयो र नामिबियालाई चौथो स्थानमा झारेर तेस्रो स्थानमा नेपाल उक्लियो ।

योसँगै नेपालले आईसीसी विश्वकप ग्लोबल छनोट खेल्न अवसर प्राप्त ग¥यो । नेपालको यो प्रतियोगितामा दोस्रो पटक सिरिज क्लिन स्विप हो । यसअघि नेपालमै भएको स्कटल्यान्ड र नामिवियाविरुद्धको सिरिजमा पनि नेपालले चारै खेल जितेको थियो । यसपटक पनि नेपालले पाहुना टोली पपुवा न्युगिनी र यूएईलाई हराएर चारै खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस्