बक्सिङमा मकवानपुरका रानामगर विजयी



हेटौंडा । हेटौंडामा शुरु अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको ५७ केजी तौल समूहमा मकवानपुरका अभिषेक रानामगर विजयी भएका छन् ।

रानामगरले सल्यानका केशबराज गिरीलाई पराजित गरेका हुन् । ५४ केजी तौल समूहमा रुपन्देहीका अमृत ठाडाराईले अछामका नरसिंह बुढालाई पराजित गरे । सल्यानका शिशिर घर्तीमगरले थानकोटका संगम तामाङलाई, एक्स बक्सिङका महेन्द्र गुरुङले एबीसीका देवलाल खात्वेलाई, दाङका विवेक देबकोटाले आरडीएक्स बक्सिङका पासाङ तामाङलाई, भक्तपुरका विकल भउडियोले कास्कीका सरोज रानामगलाई, नक्सालका पुकार जोशीले कैलालीका सुनिल रानालाई, युथका सुशन बस्नेतले रेजका सम्मनजंग बस्नेतलाई र अल्फाका जीवन महराले रुकुमका महेश बुढामगरलाई हराए ।

डीजी बक्सिङका आयुश श्रेष्ठले एचटुओका सन्देश सुब्बालाई पराजित गरे । रेजका निर्मल रिजालले अछामका केशबप्रसाद बजगाईंलाई, थानकोटका सुजन भुजेलले ललितपुरका समिर शाक्यलाई, बीएक एमएनडीका आयुस थापाले नक्सालका आयुश अधिकारी, कैलाका प्रिन्स काजी स्वारले पाल्पाका बिपिन बुढाथोकीलाई पराजित गरे । ६० केजी तौल समूहमा, भाइबीका निरञ्जन मुक्तानले युथका इसम तामाङलाई, बीएक एमएनडीका अभिष प्रधानले रोप्लाका अर्जुन पुनमगरलाई पराजित गरे ।

मकवानपुर जिल्ला बक्सिङ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा नोभिस बक्सिङ सुरु भएको हो । शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लबका १ सय ५० पुरुष र २८ महिला गरी १ सय ७८ खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी छन् । उनीहरुले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

विधागत् प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, टिम, रेफ्री र लुजरलाई समेत नगद ३ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्