भेट्रान्स उपाधि वडा–७ लाई



हेटौँडा । पशुपति भेट्रान्स क्लबको आयोजनामा भएको प्रथम वडास्तरीय मोहन श्रेष्ठ स्मृति एट ‘ए’ साडइ भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा भएको फाइनलमा ४ नं. वडालाई टाइब्रेकरमा १–० गोलअन्तरले पराजित गरी ७ नं.ले उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीपछि खेलको निर्णय लिन टाइब्रेकरको सहारा लिइएको थियो । विजेता ७ नं. वडाले १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेता ४ नं. वडाले ५५ हजार ५ सय ५५ रुपिया“ प्राप्त गरे ।

फाइनलमा २ वटा पेनाल्टी प्रहार बचाएका ७ वडाका ज्ञानु क्षेत्री उत्कृष्ट गोलरक्षकसहित प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी भए । ४ नं. वडाका मनोज लामा सर्वाधिक गोलकर्ता भए ।

उत्कृष्ट फरवार्ड ७ नं. वडाका राजेन्द्र थापामगर, उत्कृष्ट मिडफिल्डर ४ नं. वडाका प्रकाश थापामगर, उत्कृष्ट डिफेन्डर ४ नं.का रणवीर थापा र उत्कृष्ट प्रशिक्षक ७ नं. का सोम तितुङ घोषित भए । विधागत् उत्कृष्ट सबैले नगद ५ हजार ५ सय ५५ रुपिया“ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्