निजी निवास सरे उपराष्ट्रपति पुन



काठमाडौँ।

उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज (बिहीबार) दिउँसो उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेको उनले बताए।

शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नेछन।

प्रतिक्रिया दिनुहोस्