काठमाडौंमा सवारी जाँचमा कडाइ, जोखिपूर्ण स्थलमा होली नखेल्न आग्रह



काठमाडौं । आज (सोमबार) होली पर्व पहाडमा मनाइँदैछ भने भोलि (मंगलबार) तराईमा मनाइने छ ।

यो पर्व मनाउन आउने जाने यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई कडाइ गरेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन शुरु भएसँगै होलीलाई व्यवस्थित र यात्रुको सहज यात्रा बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरू उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । यसका साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्