स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर



काठमाडौं । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको हो । मन्त्रालयले मंगलबार राति २८ जना उपसचिव सरुवा गरेको निर्णय सार्वजनिक गरेको थियो । ५५ जनाकै सूची बुधबार एकै साथ प्रकाशित गरेको गरिएको थियो ।

मन्त्रालयको जगेडामा राखिएका उपसचिवहरूलाई स्थानीय तहमा पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अतिरिक्त सेवामा रहेकालाई प्रोत्साहन र मनोबल वृद्धि गर्न सरुवा गरिएको बताउनुभयो । मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सोसरहको पदमा बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा कामकाजमा खटाएका हो । यस क्रममा ३९ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ ।

मन्त्रालयले नया“ पदस्थापना गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको थियो । त्यसक्रममा कतिपय स्थानीय तहमा काम गरेको अवधि नपुगेका प्रमुख प्रशासकीय अधिकृतहरूको पनि सरुवा गरिएको छ ।

मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बाबुकृष्ण ढकाल, जुम्लाको चन्दननाथमा सीताराम खड्का, धनकुटामा मुक्तिनाथ सुवेदी, कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा राजेश्वरी खत्री, दार्चुलाको महाकालीमा धर्मराज न्यौपाने, बैतडीको पाटनमा ओमप्रसाद पाण्डे र दाङको लमहीमा अर्जुनबहादुर थापालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै, बाजुराको बुढीगंगामा पदमलाल लामिछाने, रौतहटको चन्द्रपुरमा किरणनिधि तिवारी, बर्दियाको ठाकुरबाबामा माधवप्रसाद अधिकारी, सर्लाहीको हरिपूर्वामा वसन्त न्यौपाने, खोटाङको हलेसी तुवाचुङमा कैलाशबहादुर ठकुराठी र कैलालीको लम्कीचुहामा जगदीश अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

दैलेखको आठबीसमा लोकप्रसाद रेग्मी, चितवनको राप्तीमा जीतबहादुर भण्डारी, धनकुटाको पाख्रिबासमा नारायणप्रसाद भट्टराई, गोरखामा कमलप्रसाद पुन र डडेल्धुराको परशुराममा पदमप्रसाद अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । त्यसै गरी मोरङको रतुवामाईमा नारायण न्यौपाने, अछामको साफेबगरमा डुबिन्द्रप्रसाद बराल, डोटीको शिखरमा पुरुषोत्तम घिमिरे, कैलालीको गोदावरीमा अश्विनकुमार पोखरेल, सल्यानको शारदामा पवनराज कोइराला र झापाको मेचीनगरमा महेन्द्र विश्वकर्मालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यसै गरी मधु अर्याल खनाललाई दक्षिणकाली नगरपालिका काठमाडौंमा, औलाखबहादुर आलेलाई पनौती नगरपालिका, हरिकृष्ण फु“याललाई सर्लाहीको कविलासी नगरपालिका, गंगालाल सुवेदीलाई तनहु“को व्यास नगरपालिका, गणेश आचार्यलाई धनुषाको क्षीरेश्वर नगरपालिका, कृष्णबहादुर खड्कालाई दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका, माधवराज मरासिनीलाई दार्चुलाको शैल्यशिखर नगरपालिका र डिल्लीराम भट्टराईलाई बर्दियाको राजपुर नगरपालिकामा सरुवा गरिएको छ ।

त्यस्तै, गेहेन्द्रबहादुर डा“गीलाई मुगुको छा“यानाथ रारा नगरपालिका, तेजराज शर्मालाई स्याड्डजाको बालिङ नगरपालिका, नवराज ढकाललाई बैतडीको पुर्चौंडी नगरपालिका, सुकदेव लम्साललाई डोल्पाको ठूलीभेरी नगरपालिका, विशकसेन ढकाललाई महोत्तरीको बर्दिवास नगरपालिका, महेन्द्रजंग शाहीलाई बर्दियाको मधुवन नगरपालिका र शेरबहादुर बागचन जिसीलाई काठमाडौंको टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

बा“की चार जना उपसचिवको भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला समन्वय समितिमा पदस्थापन गरिएको छ । त्यसमा जीवनचन्द्र राईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, दीपकप्रसाद न्यौपाने र शंकरराज पाठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वागमती प्रदेशमा, दत्तराज हमालको जिल्ला समन्वय समिति बा“केमा र कृष्णप्रसाद पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशमा पदस्थापन भएको छ ।

त्यसै गरी भोलाप्रसाद चापागाई, मोहन पौडेल, गोविन्दप्रसाद अधिकारी, दिनेशप्रसाद थानी, कृष्ण पाण्डे र विक्रमप्रसाद थापालाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भुपेन्द्र सापकोटालाई संघीय मामिलामा सरुवा गरिएको छ ।

केशवराज सुवेदी र विजय भुर्तेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतमा सरुवा गरिएको छ । बाबुलाल रेग्मीलाई खानेपानी मन्त्रालयअन्तर्गतको निकायमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्