सेवाग्राहीलाई निर्वाध सिंहदरवार प्रवेशको व्यवस्था गर्न संसदमा माग


काठमाडौं ।

प्रतिनिधिसभामा प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गरेका छन् ।

सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसङ्ग कोट्याउँदै जारी प्रतिनिधसभा बैठकमा उनले सिंहदरवारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रुलिङको माग गरे ।

मन्त्रालयजति सबै सिंहदरवारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरवार प्रवेशलाई सहज गराउन माग गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।