मकवानपुर गोल्डकप मनाङको हातमा



 हेटौंडा । पा“चौं सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता (मकवानपुर गोल्डकप) को उपाधि मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ ।

बुधबार फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले पहिलोपटक उपाधि हात पारेको हो । उपाधिस“गै मनाङले नगद १५ लाख र उपविजेता हिमालयनले नगद १० लाख प्राप्त गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि रोशन रानामगरले ७८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए । उनले नगद १० हजार रुपिया“ प्राप्त गरे । प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरकिपर मनाङका कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ, मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरुले जनही २५ हजार हात पारे । माघ २८ गते शुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्