राष्ट्रपति रनिङ्ग शिल्ड तानसेनलाई



पाल्पा । १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तानसेन प्रथम भएको छ । कूल ४५ पदक जितेर तानसेन प्रतियोगितामा पहिलो बनेको हो । तानसेनले १६ स्वर्ण, १७ रजत र १२ कास्य पदक प्राप्त गरेको हो । यस्तै रामपुर नगरपालिका २२ पदकसहित प्रतियोगितामा दोस्रो बनेको छ । रामपुरले ६ स्वर्ण, ६ रजत र १० कास्य पदक प्राप्त गरेको छ ।

यसैगरी तिनाउ गाउँपालिका तेस्रो बनेको छ । तिनाउले ५ स्वर्ण, ७ रजत र ४ कास्य गरी १६ पदक प्राप्त गरेको छ । सान्त्वना माथागढी गाउँपालिका बनेको छ । माथागढीले ५ स्वर्ण, तीन रजत र ७ कास्य गरी कुल १५ पदक पाएको छ । यस्तै रम्भाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी १० पदक हात पारेको छ ।

पूर्वखोलाले ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक गरी १२ पदक पाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । रैनादेवी छहराले २ स्वर्ण, २ रजत र ३ कास्य गरी ७ पदक पाएको छ । बगनासकालीले १ स्वर्ण, २ रजत र ७ कास्य पदक पाएको छ भने रिव्दीकोटले १ स्वर्ण, १ रजत, २ कास्य पाएको छ । निस्दी गाउँपालिकाले १ स्वर्ण र कास्य ५ पदक पाएको छ । पाल्पामा तानसेनभन्दा बाहिर माथागढी गाउँपालिकाको सराई खेल मैदानमा पहिलो पटक प्रतियोगिता भएको हो ।

प्रतिक्रिया दिनुहोस्