डीआईजी अशोक सिंहले दिए राजीनामा


काठमाडौं ।

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । सिंहले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृतिको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

स्रोतकाअनुसार सिंहको राजीनामा आजै स्वीकृत गर्ने तयारी भएको छ । उमेर ढाँटेर जागिर खाएको भन्दै उजुरी परेपछि सिंहले राजीनामा दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।