सेना दिवसमा कालीजंग गणले गर्‍यो मैत्रीपूर्ण फुटबल



काभ्रे। 

सेना दिवस तथा महाशिवरात्रिको अवसर पारेर कालीजंग गण धुलिखेलले नागरिक र नेपाली सेना बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल र जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाली सेनाको इतिहास, सेनाले विगतमा गरेको योगदान तथा राष्ट्र र राष्ट्रियताका सन्दर्भमा गरेका कार्यहरुका विषयमा अन्तर्क्रिया कार्यक्रममा कालीजंग गणका गणपति कर्णेल प्रकाश बहादुर सिंहले जानकारी गराउनु भएको थियो । सहभागिहरुले सेनाले दु:ख र सुखमा नेपाल र नेपालीका लागि आफ्नो ज्यानको पर्वाह नगरी सेवा पुर्‍याएको भन्दै धन्यवाद सहितको प्रशंसा गरेका थिए । कालीजंग गण धुलिखेलमा आए देखि भए गरेका सामाजिक क्रियाकलाप तथा कोरोना महामारी र अन्य विपत्तिको सामना गर्न सेनाले खेलेको भूमिकाका बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, बनेपाका प्रमुख शान्तिरत्न शाक्य र पनौतीका प्रमुख रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकाल, सशस्त्र र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, काभ्रे उद्योग वाणिज्य संघ तथा धुलिखेल उद्योग वाणिज्य संघ, काभ्रे जिल्ला फुटबल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मैत्रीपूर्ण फुटबल खेलमा नागरिक र सेनाको तर्फबाट दुई दुई गोल बराबरी भए पछि पेनाल्टीमा नागरिकहरुको तर्फबाट काभ्रे जिल्ला फुटबल संघका तर्फबा थप दुई गोल भएको थियो ।

कर्णेल प्रकाशबहादुर सिंहले मैत्रीपूर्ण खेलले नागरिकहरुसँगको सम्बन्धलाई अझै कसिलो बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्