एमालेको ग्रास रुट अभियान शुरू, ७ वटै प्रदेशमा जिम्मेवारी बाँडफाँड (सूचीसहित)



काठमाडौं । नेकपा एमालेका ग्रास रुट अभियान शुरु गर्ने भएको छ । गत माघ अन्तिम साता बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय गरेसँगै शुक्रबारबाट उक्त अभियान शुरु गर्ने एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ मा सातै प्रदेश र विदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि सो अभियान शुरु हुने जनाईएको छ ।

एमालेका अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको बताईएको छ ।

कुन नेता कहाँको जिम्मेवारी ?

प्रदेश–१

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

मधेश प्रदेश

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश

उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज बिष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश

उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश

उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।

कर्णाली प्रदेश

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय)

महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा,भीष्म अधिकारी ।

प्रतिक्रिया दिनुहोस्