बैंक तथा वित्तीय संस्थाहरू खुल्लै



काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम आज देशभर सार्वजनिक बिदा छ ।

तथापि बैंक तथा बित्तीय संस्थाहरू भने खुल्लै रहेका छन् । नेपाल सरकार मातहतको बैंक नेपाल राष्ट्र बैंकले नै बैंक तथा बित्तीय संस्था खुल्ला राख्न निर्देशन दिएको छ ।

उक्त बैंकले आज (सोमबार) बिहान १० बजेदेखि साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले आज नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।

आज जनयुद्ध दिवसको अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्