मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप



काठमाडौं ।

काठमाडौंको मिनभवन कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान भएको छ। सोमबार दिउँसो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रममा दुई समूहबीच ढुंगा हानहान भएको हो ।

अहिले ढुंगा हान्न रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो।

अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्