माघ २९ मा एमाले केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालका अनुसार बैठक माघ २९ र फागुन १ गते बोलाइएको हो । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको रिजालले बताउनुभएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ । सत्ता गठबन्धनमा समस्या आएपछि एमालेले बैठक बोलाएको हो । सात दलीय सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले राष्ट्रपति पाउने सहमतिअनुसार माओवादीलाई प्रधानमन्त्रीमा समर्थन गरेको नेताहरूको दाबी छ । तर, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने साझा सहमतिको राष्ट्रपति बनाउने निर्णय गरेर सबै दलसँग छलफल चलाएको छ ।

प्रधानमन्त्रीको उक्त कदमप्रति एमाले रुष्ट बन्दै गएको छ । आइतबार नै सरकारमा रहेको गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । यसले गठबन्धनमा असहज परिस्थिति निम्त्याउने खतरा बढेको एमालेका नेताहरू बताउँछन् । सरकार गठनका बेला गरेको गठबन्धन दलहरूबीचको सहमतिअनुसार प्रधानमन्त्री नचलेको एमालेको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्