पुरानो बानेश्वरमा बाबु-छोरीको विभत्स हत्या



काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा बाबु र छोरी विभत्स हत्या भएको छ । हिजो (शनिबार) साँझ ६ बजे बाबु र छोरीको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी निशान श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने पनि प्रहरीले आशंका गरेको छ ।

छोरी शारीरिकरुपमा अशक्त थिइन् । घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्