रविको गृहमन्त्री मोह : निर्णायक बैठकअघि प्रधानमन्त्री, ओलीसँग भेट, भेटपछि लामिछाने निराश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आज (आइतबार) बिहान पार्टी केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि रविले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

रास्वपाको बैठक बिहान केहीबेर अघि शुरु भएको छ । समिति र संसदीय दलको संयुक्त बैठक ११ः३० बजेबाट शुरु भएको हो । रविले पहिले ओली र त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटमा के कुरा भएको हो । सोको बारेमा थाहा नभएको प्रधानमन्त्रीको सचिवालयले बतायो ।

तथापि एमाले अध्यक्ष ओलीसँग रविले भेट नगरेको उनका प्रेस सहयोगी रामशरण बजाइले जिकिर गरे ।

प्रधानमन्त्री र ओलीसँगको भेट पश्चात् रवि निराश हुँदै पार्टी कार्यालय फर्केका थिए ।

सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ ।

प्रतिक्रिया दिनुहोस्