सुधाको ख्यालठट्टा



गीतकार सुधा मरहद्माद्वारा रचित सन्देशमूलक गीत ख्याल ठट्टाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक राजेश पायल राईद्वारा स्वरबद्ध गीतमा शंकर थापा स्माइलु को संगीत र उदयराज पौडेलले संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा हास्य कलाकार किरण केसी, मोडल कमल सिंह, अस्मिता जुरेली र रोहन श्रेष्ठले अभिनय गरेका छन्। सशान कंडेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा प्रख्यात घिमिरेको कोरियोग्राफी, दीपक गिरीको छायांकन र विकास दाहालको सम्पादन रहेको छ। भिडियो सनराइज म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्