पाँचथरमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, २ जना घाइते


पाँचथर ।

पाँचथरमा गएराति भएको भीषण आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको हो ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।