श्रीपुरुषलाई लाइफटाइम अचिभमेन्ट अवार्ड युवराज र निशा सर्वोत्कृष्ट



अर्थ नेपाल प्रालिको आयोजनामा संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै चौथो संस्करणको सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ राजधानीमा सम्पन्न भएको छ।

प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीद्वारा गीतकार श्रीपुरुष ढकाललाई नगद १७ हजार ६ सय ९६ रुपियाँसहित सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको समारोहमा पत्रकार विजयरत्न तुलाधरलाई नगद आठ हजार आठ सय ४८ सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान, कृष्ण भट्टराई, नेमिष गौतम र कल्पना रेग्मीलाई सगरमाथा कला पत्रकारिता सम्मान, कमला पन्थीलाई सगरमाथा रेडियो पत्रकारिता सम्मान तथा संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान, लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनीता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारीलगायतलाई सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो।

मेगा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको समारोहमा तिम्रो याद बोलको गीतबाट युवराज चौलागाईंलाई आधुनिक गीत गायन, सानो सानो कुरामाबाट आशिष सचिनलाई पप गायन, खै कसोरी बिझाएबाट राज सागरलाई पप आधुनिक गायनतर्पmबाट जुरी अवार्ड, पाउ हजुरबाट निशा देशारलाई पप–आधुनिक गायन, म बाँचेको संसारबाट वीरेन्द्र कुमार बलामीलाई पप–आधुनिक शब्द रचना, एउटा कथाबाट कुमार मिश्रलाई डायस्पोरा पप–आधुनिक गीतकार, १३, स्वास फेरिबाट गीता अधिकारीलाई पप–आधुनिक गीतकार, मलाई हेप्नीबाट योगेश काजीलाई पप–आधुनिक संगीतकार, तिमी बस दिलैमाबाट शेरा थामीलाई पप–आधुनिक संगीतकारतर्पm जुरी अवार्ड, हाम्रो माया जालबाट सौगातजंग थापालाई नव प्रतिभा गायन, तिमी पनि हरायौबाट प्रवीण बेडवाल र रिता केसीलाई पप–आधुनिक युगल गायनको अवार्ड प्रदान गरियो।

त्यसैगरी, परे म मर्छु भोकैलेबाट घनेन्द्र ओझा राष्ट्रिय भावको गीतको शब्द रचना, गौतम बुद्धबाट रोशन बान्तवालाई राष्ट्रिय भावको गीतको संगीतकार, हर युग होस्बाट प्रदाप दासलाई फिल्मी गायन, राजेश कुमारलाई श्रेष्ठलाई फिल्मी गीत रचना र एलिस कार्कीलाई फिल्मी संगीत तथा सुन्तलाबाट मेलिना राईलाई फिल्मी गायनको अवार्ड प्रदान गरियो भने रुन्न भन्दानीबाट कमल सिंह र विरानो देशबाट रोशनी कार्कीलाई पप–आधुनिक मोडल, अर्को साथीबाट विरेन्द्र नौभाग्य र तिम्रै मायाबाट प्रनिमा दाहाललाई पप–आधुनिक मोडलतर्फको जुरी अवार्ड, ए साइलीबाट अंशु वर्मा र चरी भररबाट अस्मी थापालाई पप–आधुनिक नव मोडल, भन्नुहुन्थ्यो

बालेबाट प्रकाश धिताललाई पप–आधुनिक म्युजिक भिडियो निर्देशन, ओम सुनारलाई लाहुरे सिपाही दाइ र रंगीन संसारबाट निता आचार्यलाई लोक पप गायन, नहेरे झै गर्नेबाट अञ्जु श्रेष्ठलाई लोक पप गायनतर्पmको जुरी अवार्ड, पिरतीमा दम छबाट नमराज ढुंगाना र मुग्लिन पुल तरीबाट कालिका रोक्का मगरलाई लोक दोहोरी गायन, चुरोट सलाईबाट रामहरी भण्डारीलाई लोक दोहोरी गायनतर्पmको जुरी अवार्ड माया लाउँछ रबाट जय देवकोटालाई लोक दोहोरी गायनतर्पmको पब्लिक च्वाइस अवार्ड, दाजु भाइबाट विपिन केसीलाई लोक दोहोरी शब्द, फूल रसैकोबाट सागर विरहीलाई लोक दोहोरी लय, हेलम्बुको स्याउबाट रमेश लामिछानेलाई लोक दोहोरी नव गायक र बार्दलीमा गम्छाबाट रिया घलेलाई लोक दोहोरी नव गायिकाको अवार्ड दिइयो। त्यस्तै, सिकारीबाट निक्स शर्मा र मैले माया सम्झेरबाट एलिना रायमाझीलाई लोक दोहोरी मोडल, फुर्के जुंगाबाट यज्ञराज गिरी र ए मुनाबाट खुसी थापालाई लोक दोहोरी नव मोडल, नजर नजरकोबाट अपेक्षा सिंहलाई लोक दोहोरीतर्पmको नव मोडल जुरी अवार्ड, नरेन्द्र सिंह ठकुरीलाई लोक दोहोरीतर्फको नव मोडल जुरी अवार्ड, मुटु बैनाबाट स्मृति तिमल्सिनालाई लोक दोहोरी म्युजिक भिडियो निर्देशक, माया लाग्छ कतिबाट अमृत सुनुवारलाई पप-आधुनिक म्युजिक भिडियो छायांकार, मिठो सारंगीबाट कृष्णबहादुर थापालाई लोक दोहोरी म्युजिक भिडियो छायांकार, आज किनबाट अनिलकुमार महर्जनलाई म्युजिक भिडियो सम्पादन, न बदलिन्छ जिन्दगीबाट विजय खड्कालाई पप-आधुनिक नव गीतकार, हे धोकेवाजबाट सागर बास्तोलालाई पप-आधुनिक नव गीतकारतर्पmको जुरी अवार्ड, बस पियारीबाट दान आचार्यलाई लोकदोहोरी नव गीतकार, तामा पित्तलबाट जीवन बडुलाई पप-आधुनिक एरेन्जर र मधुर बस्नेतालई सिनियर सिनेमाटोग्राफरको अवार्ड प्रदान गरिएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए।

 

प्रतिक्रिया दिनुहोस्