२०२२ मा बलिउड



सन् २०२२ ले बिदा लिनै लागेको छ। २०२२ ले बिदा लिन लागे पनि यो वर्ष बलिउडमा भएका विभिन्न घटना परिघटना भने ताजै छ। यो वर्षले बलिउड सेलिब्रेटीको जीवनमा ल्याएको परिवर्तन, उनीहरुको जीवनमा आएका उतार चढाव र चर्चित घटना यहाँ प्रस्तुत छ:

गत जनवरी ६ मा कमजोर आर्थिक स्थिति तथा परिवारिक व्यवहारका कारण कमेडीयन तीर्थनन्द रावले विष सेवन गरेर आत्महत्याको प्रयास गरे। छिमेकीहरुले उद्धार गरी अस्पताल पु-याएपछि उनको ज्यान बचेको थियो। त्यस्तै, बलिउडका चर्चित हेयर स्टाइलिस्ट जावेद हबिबले एक महिला ग्राहकको कपाल काटिरहेको बेला उनको शिरमा थुकेका थिए। उक्त विषयले विवादको रुप लिएपछि उनले ती महिलासँग माफी माग्नुप-यो।

अभिनेता सलमान खानले पनवेलस्थित आफ्नाे  फार्म हाउस नजिकका एक जमिनदारमाथि आफूलाई बदनाम गर्ने अभिव्यक्ति सञ्चार माध्यमसामु दिएको भन्दै ती व्यक्तिविरुद्ध मानहानीको मुद्दा चलाए। जनवरीमै अभिनेत्री श्वेता तिवारी ञमेरो ब्राको साइज भगवानले लिइरहेका छन् भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिइन्। उनीविरुद्ध एफआईआर दर्ता भएपछि यस मामलामा मध्य प्रदेशका गृहमन्त्रीले छानबिनको आदेश दिए।

पछि श्वेताले आफ्नो अभिव्यक्तिप्रति माफि मागिन्। फ्रेबुअरीमा गायिका लता मंगेस्करको अन्तिम संस्कारमा सहभागी हुने क्रममा अभिनेता शाहरुख खानले लताको लागि मन्त्र उच्चारण गर्दै कामना गरेर मास्क खोलेर फुक्ने क्रममा मानिसले उनले थुकेको सोचे। लताको श्रद्धाञ्जलि सभामा थुकेको भन्दै हंगामा मच्चियो।

त्यस्तै, अभिनेत्री कंगना रनावतले अर्की अभिनेत्री दीपिका पादुकोणको फिल्म गहराईयालाई लिएर प्रतिक्रिया दिने क्रममा दीपिकाको फिल्मलाई कचराको संज्ञा दिइन्। फिल्मको नाममा अंग प्रदर्शन गरेको र फोहोरी कुरा बिक्री गरेको आरोपसमेत लगाइन्।

त्यस्तै, अभिनेत्री शिल्पा शेद्मीविरुद्ध अधेरी कोर्टमा एक व्यवासायीले मुद्दा दायर गरे। शिल्पाको पिताले आफूसँग २१ लाख रुपियाँ लिएको र पिताको निधन भइसकेकाले शिल्पा र उनको परिवारले सो रकम चुक्ता गर्नुपर्ने माग राखेका थिए। शिल्पाले भने उक्त कुरा अस्विकार गरिन्।

त्यस्तै, अभिनेत्री आलिया भट्ट अभिनित फिल्म गंगुबाई काठियाबाडी रिलिजभन्दा अघि विवादमा तानियो। गंगुबाईका परिवारजनले गगुबाई एक सामाजिक कार्यकर्ता भए पनि फिल्ममा उनलाई यौन व्यवसायीको रुपमा प्रस्तुत गरिएको भन्दै अदालतको ढोका ढकढक्याएका थिए।

बलिउड अभिनेत्री काव्या थापरले मादक पदार्थ सेवन गरी गाडी चलाएर एक व्यक्तिलाई ठक्कर दिएको र प्रहरीमाथि पनि दुव्र्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ ग-यो भने उनलाई अदालतले जुहूस्थित न्यायिक हिरासतमा राख्यो। मार्चमा एक इभेन्ट म्यानेजरले अभिनेत्री सोनाक्षी सिन्हाले आफूमाथि अपशब्द बोलेर प्रतिष्ठामा आँच पु-याएको भन्दै उनीविरुद्ध अदालतमा एक आरोपपत्र दायर गरे। त्यस्तै, गायक सुख विन्दर सिंह जुत्ता लगाएर हनुमान चालिसाको सुटिङ गरेका कारण निकै टझोल भए।

अप्रिलमा पुष्पा अभिनेता अल्लु अर्जुनले हैदराबादमा टझाफिक नियमको उल्लंघन गरेपछि सात रुपियाँ जरिवाना तिरेको खबर पनि चर्चामा रह्यो। बलिउडका बिग बी अमिताभ बच्चन आफ्नो अभिनेता छोरा अभिषेक बच्चनको फिल्म दसवींको प्रचार गरेर आलोचित बने। त्यस्तै, अभिनेत्री राखी सावन्तले आफ्नो लुक्सलाई लिएर आदीवासी लुक भनेपछि सराना समितिले आदिवासीको अपमान गरेको भन्दै प्रहरीमा शिकायत दर्ता गरे।

अप्रिल महिनामा अभिनेत्री सोनम कपुर तथा उनका पनि आनन्द आहुजाको दिल्लीस्थित घरबाट १.४१ करोड बराबरको सुन तथा नगद चोरी भयो। अभिनेत्री अमिषा पटेलले मध्य प्रदेशमा एक घण्टाको प्रस्तुतिका लागि चार लाख रुपियाँ पारिश्रमिक लिएर तीन मिनेट मात्र प्रस्तुति दिई बाहिरिएपछि आयोजकले उनीविरुद्ध सिटी कोलकोतामा धोखाधडीको उजुरी दर्ता गराए।

अमिषाले कार्यक्रमको व्यवस्थापन राम्रो नभएको र आफ्नो ज्यानलाई खतरा भएको महशुस गरेपछि त्यहाँबाट हिँडेको स्पष्टीकरण दिइन्। ज्याकलिन फर्नान्डिज अप्रिलमै दुई सय करोड भारुको मुद्रा अपचलन आरोप लागेका भारतीय नागरिक सुकेश चन्द्रशेखरको मुद्दामा जोडिइन्।

भारतीय प्रवर्तन निर्देशनालयले ज्याकलिनले सुटकेशबाट विभिन्न महँगा उपहार लिएको खुलासा भएपछि सात करोड रुपियाँ बराबरको सम्पत्ति जफत ग-यो भने उनलाई विदेश भ्रमणमा समेत रोक लगायो। यही केसमा जोडिएकी अर्की अभिनेत्री नोरा फतेहले ज्याकलिनले आफ्नो फाइदाका लागि यस मामलामा आफ्नो नाम जोडेको भन्दै उनीलगायत १५ भारतीय सञ्चारमाध्यमविरुद्ध मुद्दा दायर गरिन्।

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री रुपा दत्ता चोरीको मामलामा पक्राउ परिन्। इन्टरनेसनल कोलकाता बुक फेयरमा एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याँकेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो। प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रुपा दत्ता रहेको खुलेको थियो।

अभिनेत्री स्वारा भास्करले मुम्बईस्थित घरमा एक अज्ञात व्यक्तिबाट ज्यान मार्ने धम्की सहितको एक पत्र प्राप्त गरिन्। भारतको उदयपुरका टेलर कन्हैया नामक व्यक्तिको हत्याको बारेमा प्रतिक्रिया दिएपछि स्वारालाई उक्त धम्कीसहितको हस्तलिखित पत्र प्राप्त भएकाले उनले यसबारे प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नी छोरी आरध्याको जन्मदिनमा छोरीलाई चुम्बन गरिरहेको एक फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन्।

मानिसले चुम्बन गर्नु भारतीय संस्कृति नभएको भन्दै उनको फोटोको आलोचना गरे। अभिनेत्री कंगना रनावत आफ्नो नाम मनोनयनमा राखेका कारण बलिउडको प्रतिष्ठित फिल्म फेयर अवार्डविरुद्ध उजुरी दर्ता गर्ने घोषणा गरेका कारण चर्चामा रहिन्। आफू ञभ्रष्ट र अनैतिकु अवार्डमा सहभागी हुन नचाहने र सन् २०१४ देखि नै आफूले फिल्म फेयरलाई बहिष्कार गर्दै आएको बताइन्। त्यस्तै, क्यानेडियन पूर्व पोर्नस्टार एवम बलिउड अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरमाथि पैसा लिएर पनि कार्यक्रममा सहभागी नभएको भन्दै केरला उच्च अदालतले यस्ता गतिविधि गर्न रोक लगायो।

अभिनेता रणवीर सिंह नग्न फोटोसुट गरेका कारण आलोचित भए। धेरैले उनका तस्वीरको विरोध गरे। त्यस्तै, अभिनेत्री मल्लिका शेरावतले बलिउडका ए लिस्टका अभिनेताका साथ आफूले सम्झौता नगरेका कारण आफूलाई ती फिल्मबाट निकालिएको अभिव्यक्ति दिईन्। उनका अनुसार राति तीन बजे पनि अभिनेताहøले आफूलाई फोन गरेर बोलाउने गरेको र आफू नगएकाले उनीहøका साथ फिल्म खेल्नबाट वञ्चित हुनु परेको थियो।

अभिनेत्री शर्लिन चोपडाले फिल्म निर्मँता साजिद खानमाथि यौन शोषणको आरोप लगाउँदै भारतको जुहु पुलिस स्टेसनमा उजुरी दर्ता गराइन्। उनले साजिदलाई बचाउने मामलामा सलमान खानको हात रहेकाले उनलाई कसैले केही गर्न नसक्ने भन्दै सलमान खानलाई पनि यस मामलामा सहयोग गर्न अपिलसमेत गरेकी थिइन्।

अभिनेत्री सुस्मिता सेन र इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष एवम व्यापारी ललित मोदीबीचको प्रेम सम्बन्धको खबर बलिउड फिल्म नगरीमा चर्चाको विषय बन्न पुग्यो। ५८ वर्षीय ललित र ४६ वर्षकी सुस्मिताको विवाह नै भइसकेको हल्ला चले पनि केही महिनापछि उनीहरुको ब्रेकअप भएको खबर बाहिरियो। बलिउडकी लोकप्रिय डान्सरमध्ये एक नोरा फतेहीलाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाइयो।

बंगलादेश सरकारले डलर बचाउन बंगलादेशको सांस्कृतिक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो कामका लागि लोकप्रिय नोरा फतेहीलाई वैश्विक स्थितिलाई मध्यनजर गर्दै र विदेशी मुद्रा भण्डारलाई बचाउन ढाकामा प्रस्तुति दिन अनुमति नदिइएको उल्लेख गरी रोकेको थियो। विवाहपछि अमेरिकामा बसोवास गर्दै आएकी अभिनेत्री प्रियंका चोपडा तीन वर्षपछि आफ्नो देश भारत फर्किंदा विभिन्न स्थानमा विरोधको सामना गनुप-यो। युनिसेफको सद्भावना दूतसमेत रहेकी प्रियंका लखनउका विभिन्न स्थानका बच्चालाई भेट्न पुग्दा विरोध भएको थियो।

अभिनेत्री पुनम पाण्डे, शर्लिन चोपडालगायतलाई मुम्बईको एक होटलमा अश्लील भिडियो बनाएको आरोपमा अदालतले चार सय ५० पेजको आरोपपत्र जारी ग-यो। अभिनेत्री दिपिका पादुकोण आफूले लगाएको बिकिनीको रङका कारण विवादमा तानिइन्।

फिल्म पठानमा समावेश बेशर्म रङ बोलको गीतमा दीपिकाले लगाएको पहे™लो रङको बिकनीका कारण भारतमा उक्त फिल्म नै बहिस्कार गर्ने सम्मको अभियान चल्यो। गीतको दृश्यलाई लिएर विभिन्न राजनीतिक दल, समूह र आम मानिसले समेत विरोध गरिरहेका पहेलो रङलाई हिन्दू धर्ममा पवित्र रङ मानिने कारण धर्मको अपमान भएको आरोप थियो।त्यस्तै, फिल्मको विरोधमा इन्दौरमा अभिनेता शाहरुख खानको पुत्लासमेत जलाइएको थियो। डिसेम्बरमा अभिनेत्री विणा कपुरले प्रहरीसामु गएर आफू जिउँदै रहेको बताइन्।

विणाको छोराले आफ्नी आमाको हत्या गरेको अफवाह फैलिएपछि उनी प्रहरी सामु गएकी थिइन्। वास्तविक घटनाको पात्रको नाम पनि विणा कपुर भएका कारण यो अफवाह फैलिएको थियो। यही वर्ष दक्षिण भारतीय तथा बलिउड फिल्म जगतकी सर्वाधिक चर्चित एवं महँगी अभिनेत्री सामन्था रुथले फिल्मबाट लामो समय टाढा रहने घोषणा गरीन्। केही समययता मायोसाइटिस नामक दुर्लभ रोगसँग लडिरहेकी ३५ वर्षीया उनले आफ्नो रोग पूरा ठीक गर्नका लागि लामो समय फिल्म क्षेत्रबाट ब्रेक लिने निर्णय गरेकी हुन्।
प्रस्तुति: रश्मी थापा

प्रतिक्रिया दिनुहोस्