सुदूर पश्चिमको लाइहाल कालो टिको



सुदूरपश्चिमकी गायिका लक्ष्मी आचार्यको नयाँ गीत लाइहाल कालो टिको सार्वजनिक भएको छ। सुदरपश्चिमको चर्चित र ऐतिहासिक भाषाका साथ आएको यो गीत त्यहाँकै संस्कृति र शैलीमा तयार पारिएको छ।

नरेन्द्रराज रेग्मीको शब्द रचना र संगीत रहेको गीतमा गायिका आचार्यलाई लोकप्रिय गायक प्रकाश सपूतले साथ दिएका छन्। प्रकाशले गाएको यो नै पहिलो सुदूरपश्चिको गीत हो। गीतअनुसार यसको भिडियो पनि आकर्षक बनेको छ। प्रकास सपूत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ।

गीतमा एउटी बिछट्टै राम्री केटीलाई अरुको नजर लाग्ने हो कि भनेर पछ्यारहेको एक युवकले ति युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम व्यक्त गर्दछ। भिडियोमा पनि त्यही कथा बुनिएको छ। मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी सुहाएको छ। भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्