कंगनाद्वारा महिला मुद्दामा कडा कानुन बनाउन माग



बलिउड अभिनेत्री कंगना रनावतले अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महिलाका मद्दामा कडा कानुन निर्माण गर्न अपिल गरेकी छन्।

गत शनिबार एक टेलिभिजन सिरियलको शुटिङ सेटमा मृत भेटिएकी २० वर्षीया अभिनेत्री तुनिषाको घटनालाई लिएर उनले सामाजिक सञ्जालमार्फत एक लामो पत्र लेख्दै महिलासँग सम्बन्धित बहु विवाह, एसिड आक्रमण तथा उत्पिडनजस्ता विषयमा कडा कानुन बनाउन अपिल गरेकी हुन्।

म प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई अपिल गर्न चाहन्छु कि द्राैपदीको लागि कृष्ण र सीताको लागि राम खडा भए जस्तै तपाईं महिलाका मुद्दामा कडा कानुन बनाउनुहोस् र महिलामाथि हिंसा गर्नेलाई विना टझायल फाँसीको सजाय होस् उनले लेखेकी छन् यदि, कोही महिलाले आत्महत्या गर्छिन् भने त्यो निर्णय उ एक्लैले लिएको हुँदैन। यो एक हत्या नै हो। यदि, कुनै महिलालाई शारीरिक तथा मानसिक उत्पीडन दिइन्छ भने त्यो हत्या नै हो। महिलालाई मर्नु र बाँच्नुमा कुनै फरक पर्दैन भने उसको मानसिक स्वास्थ्यको अवस्था कस्तो होला?

बलिउड तथा टेलिभिजन जगतकी चर्चित अभिनेत्री तुनिषा शर्माले सिरियल अलि बाबा मास्तान ए काबुलको सुटिध्र सेटमा आत्महत्या गरेकी थिइन्। अभिनेता तथा पूर्वप्रेमी सिजन खानका साथ श्रृंगार कोठामा ३ बजे स∫गै खाना खाएकोे करिब १५ मिनेटपछि श्रृंगार कोठाकै पंखामा झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले सिजनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्