सलमानको जन्मदिनमा छल्कियो पहिलो प्रेमिकासँगको आत्मीयता



मंगलबार ५७औं वर्षमा प्रवेश गरेका बलिउड अभिनेता सलमान खानले सोमबार मुम्बईस्थित बान्द्रामा जन्मदिन मनाए। शाहरुख खानलगायत विभिन्न कलाकारको सहभागिता रहेको उनको बर्थडे सेलिब्रेसनमा सबैभन्दा बढी चर्चा भने सलमानकी पूर्वप्रेमिका अभिनेत्री तथा सन् १९८० की मिस इन्डिया संगीता बिजलानीको भयो।

सोमी अलि, ऐश्वर्या राय, कटिझना कैफलगायतका अभिनेत्रीका साथ प्रेममा परेका सलमानको बर्थडे पार्टीमा सहभागी हुने संगीता पनि उनको पूर्वप्रेमिका थिइन्। बान्द्रामा आयोजित सलमानको बर्थडे पार्टीमा जब संगीता पुगिन, सलमान आफैंले उनी सवार कारको ढोका खोलेर उनलाई स्वागत गरेका थिए। निलो आकर्षक गाउनमा सजिएकी संगीताले सलमानलाई ह्याप्पी बर्थडे सलमान भन्दै शुभकामना दिँदा सलमानले संगीताको निधारमा चुमेका थिए। जुन तस्वीर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाएको छ।

सलमान खानको पहिलो प्रेमिका संगीता र सलमानले विवाह गर्ने योजना बनाएका थिए। विवाहको लागि कार्डसमेत छापिसकेको अवस्थामा सलमानले पाकिस्तानी अभिनेत्री सोमी अलिको चक्करमा परी संगीतालाई धोका दिएपछि उनीहरुको विवाह हुन सकेको थिएन। संगीतापछि सोमी अलि, ऐश्वर्या राय, कटिझना कैफजस्ता अभिनेत्रीसँग सलमानको प्रेम भए पनि संगीता र सलमानको दोस्ती भने तीन दशकदेखि उस्तै छ।

दोस्ती र प्रेम हुँदै विवाहसम्मको निणर्यमा पुगेका उनीहरुको विवाह र प्रेम सम्बन्ध टुटे पनि दोस्ती भने उस्तै छ। भनिन्छ, संगीता र सलमानको दोस्तीका कारण पूर्वप्रेमीका ऐश्वर्यालाई जलन हुने गथ्र्यो। सलमान अझै पनि पूर्व प्रेमीकाका साथ कुराकानी गर्छन् भन्ने कुरालाई लिएर ऐश्वर्या र सलमानको मन मुटाव हुने गर्दथ्यो। सलमानले कुटपिट गर्ने गरेको आरोप लगाउँदै ऐश्वर्या सलमानसँगको सम्बन्धबाट टाढा हुँदा संगीताले नै सलमानलाई सम्हालेकी थिइन्।,

केवल बर्थडे पार्टीमा मात्र नभई संगीता सलमान परिवारको हरेक सुख-दुःखमा सँगै देखिने गरेकी छन्। सलमानको साथ प्रेम सम्बन्ध टुटेपछि संगीताले सन् १९९६ मा क्रिकेटर मोहम्मद अजहरुद्दिनको साथ विवाह गरेकी थिइन्। तर, उनीहरु सन् २०१० मा छुट्टि एका थिए।

प्रतिक्रिया दिनुहोस्