भिडियोमा अमिलो कागती



गायक बिन्ती कुमार गुरुङको गीत अमिलो कागती भिडियोसहित सार्वजनिक भएको छ। गायक गुरुङले हालै सार्वजनिक गरेको अमिलो कागतीमा गायक बिन्ती र गायिका मेलिना राईको स्वर रहेको छ। जसमा गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ।

छायांकन बुद्ध थापा तथा सम्पादन विष्णु खड्काको रहेको छ। रायन कार्कीको निर्देशन रहेको भिडियोले एक प्रेमिल जोडीको प्रेम र रोमान्सका रमाइला किस्सासहित प्रेममा परेपछि मानिस कति खुसी हुन्छ भन्ने देखाएको छ। मौलिक शब्दमा बगेको गीतको भिडियोमा मनोज गुरुङ र उषा उप्रेतीले अभिनय गरेका छन्। भिडियो गायक बिन्ती कुमारकै युट्युब च्यानल ज्यासमिन क्रियसनमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्