देविकाले ल्याइन् मायाको सागर



लोकप्रिय गायिका देविका वन्दनाको नयाँ गीत तिम्रो मायाको सागरमा हालै राजधानीमा आयोजित एक समारोबीच सार्वजनिक गरिएको छ। भिडियोसहित सार्वजनिक गरिएको गीत कलाकारहरु वसुन्धरा भुसाल, शर्मिला मल्ल, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, गायिका संगीता कार्कीलगायतले संयुक्तरुपमा सार्वजनिक गरेका थिए।

देविकाका साथ भारतीय गायक कुमार सानुको स्वर रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत, सुरेन्द्र मर्हजन (अमर) को शब्द रचना र राजु कार्कीको संगीत संयोजन रहेको छ।

गायिका वन्दनाले गीतको भिडियो अत्यन्तै राम्रो बनेको तथा अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाको वास्तविक जीवनमा मिल्दो रोम्यान्टिक बनेको जानकारी गराइन्। ञगीत तथा भिडियोलाई दर्शकले रुचाइराख्नु भएको छु उनले भनिन्।

एक-अर्काको मायामा समर्पित जोडीको भावना र माया प्रेम व्यक्त गरिएको गीतमाथि बनेको आकर्षक म्युजिक भिडियोमा अभिनेता अभिनेत्री दम्पती आयुष्मान जोशी र प्रियंका कार्कीले अभिनय गरेका छन्। भिडियो निकेश खड्काले निर्देशन गरेका छन् भने छायाकंन बुद्ध थापा र सम्पादन विकास धमलाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्