ज्याकलिनको याचिका



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लामो समयदेखि दुई सय करोड भारु मुद्रा अपचलन आरोप लागेका भारतीय नागरिक सुकेश चन्द्रशेखरको मद्दामा जोडिएर कानुनी झमेलामा फसिरहेकी छन्।

सुकेशसँग ज्याकलिनको सम्बन्ध रहेको प्रमाणित भएपछि उनलाई भारतीय प्रवर्तन निर्देशनालयले विदेश जानसमेत रोक लगाएको थियो। यहीबीच ज्याकलिनले आफ्नी आमालाई भेट्न बहराइन जाने अनुमतिका लागि दिल्ली हाई कोर्टको ढोका ढकढकाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

मंगलबार विशेष अदालतमा पेश भएकी ज्याकलिनको याचिकामाथि अदालतले प्रवर्तन निर्देशनालयसँग जवाफ मागेको छ। विशेष न्यायाधीश शैलेन्द्र मलिकले मुद्रा अपचलन जाँच एजेन्सीलाई नोटिस जराी गर्दै बिहीबारसम्म जवाफ दिन आग्रह गरेको छ।

सोही आधारमा ज्याकलिनले विदेश जान पाउने या नपाउने फैसला आज बिहीबार हुनेछ। यसभन्दा अघि उनले ३१ मेमा अबुधावीमा भएको इन्टरनेसनल इडियन एकेडेमी अवार्डसमा भाग लिन तथा यूएई, फ्रान्स र नेपाल भ्रमणका लागि पटियाला हाउस कोर्टस∫ग अनुमति मागेकी थिइन्। उनका ती याचिका अदालतले खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्