अभिनेता प्रमोद अग्रहरिलाई पितृशोक परेको छ। उनको पिता भिखी अग्रहरिको उपचारको क्रममा भारतको गोरखपुरस्थित सिटी अस्पतालमा शुक्रबार राति निधन भएको हो।
निधनपछि उनको पार्थिव शरीर परासीमा ल्याएर अन्तिम संस्कार गरिएको छ। भिखी ८६ वर्षका थिए। विभिन्न भूमिकामा देखिँदै आएका प्रमोद करिब एक वर्षयता पिताको स्वास्थ्यमा समस्या आएपछि उनको हेरचाह र उपचारमा व्यस्त रहेका कारण कला क्षेत्रबाट टाढा भएका थिए।











प्रतिक्रिया