अभिनेता रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ। भैरव पुरस्कार गुठीले यस वर्षको भैरव प्रतिभा पुरस्कारबाट अभिनेता अधिकारीलाई पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो।
गुठीले यस वर्ष पुरस्कार प्रदान गरिने स्रष्टा तथा कलाकारको नाम सार्वजनिक गर्दै अधिकारीलाई ५१ हजार एक सय रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने जनाएको हो।
अभिनेता अधिकारीले विभिन्न साना र ठूला पर्दाका फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्दै आएका छन्। सकारात्मक र नकारात्मक तथा चरित्र र हास्य भूमिकामा जम्दै आएका अधिकारी खासगरी हास्य टेलिसिरियल मेरी बास्सैको गोप्ते काजी चरित्रबाट चर्चित छन्।
आगामी पुस ९ गते भैरव स्मृति भवनमा आयोजना हुने पुरस्कार वितरण समारोहमा अभिनेता अधिकारीसँगै यस वर्षको भैरव पुरस्कार विद्यादेव लुइँटेल गुठी र भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने भएको छ।
यी दुवै पुरस्कारको राशी जनही १ लाख ११ हजार एक सय रुपैयाँ रहेको छ। गुठीले पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम छनोटका लागि साहित्यकार गोविन्दप्रसाद घिमिरे (वेदमणि) को संयोजक्वत्वमा तीन सदस्यीय समिति बनाएको थियो। व्यंग्यकार भैरव अर्यालको सम्मानमा स्थापित भैरव पुरस्कार गुठीले व्यंग्य विधाको प्रवद्र्धन गर्ने उद्देश्यले हास्यव्यंग्य क्षेत्रका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।











प्रतिक्रिया