२ रुपैयाँका निर्देशक शाह समानुपातिक सांसद चयन

188
Shares

निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन्। शनिबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको १३ समानुपातिक सांसदको सूचीमा शाह मुस्लिम समुदायबाट समानुपातिक सांसदमा चयन भएका हुन्।

कला क्षेत्रबाट समानुपातिक सांसद बन्ने उनी पहिलो एक्लो व्यक्ति हुन्। कांग्रेस, एमाले, माओवादीसहितका अन्य दलबाट बुझाइएको समानुपातिक सांसदको सूचीमा असिमको क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति समावेश छैनन्।
असिमद्वारा निर्देशित फिल्म २ रुपैयाँले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। असिमले सांसद बन्नुअघि डामाडोलको निर्देशनको तयारी गरेका थिए।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका फिल्मकर्मीले पराजय भोग्नु परे पनि दुई फिल्मकर्मी भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेश सभातर्फ बागमती प्रदेश धादिध्र क्षेत्र नं १ (क) बाट अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान (ख) बाट अभिनेता तथा निर्माता सरोज थापा (रोज राणा) निर्वाचित भएका छन्।