संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट


एजेन्सी ।  

संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको मौना लो करिब ४० वर्षमा पहिलो पटक विस्फोट भएको छ । विस्फोटको संकेत पाएपछि आपतकालीन दलहरू सोमबार बिहानै अलर्टमा रहेका अमेरिकी अधिकारीहरूले बताए ।

 विष्फोटले नजिकैका बासिन्दाहरूलाई खतरा हुन सक्ने अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले अलर्ट गरेको थियो । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्ज भित्र विस्फोट भएको लगभग १५ मिनेटपछि मौना लो विस्फोट भएको थियो ।

‘अहिले लाभाको प्रवाह  चुचुरोको क्षेत्रभित्र सीमित छ र यसले तल बस्ने समुदायलाई जोखिम पु-याएको छैन’ युएसजीएसले एउटा वेबसाइटमा भनेको छ । वरपरका वासिन्दाले तयारी पक्रियाबारे समिक्षा गर्नुपर्ने पनि सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।