चिनियाँ राष्ट्रपति सीद्वारा उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्राचार, के छ पत्रमा सन्देश ?


एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको भने उल्लेख गरेको छैन् ।

उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव  छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।