भक्तपुर २ मा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित


काठमाडाैं ।  

नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।

यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका थिए ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजा र ५३ मत बदर भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।