उपेन्द्र-सीके राउतकाे निर्वाचन क्षेत्र सप्तरी २ को मतगणना सुरू


सप्तरी । 

सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।

मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बसी मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

सप्तरी १ का लागि कञ्चनपुर, २ का लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नम्बर ३ का लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर ४ का लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने मुख्य निर्वाचन अधिकृत रावलले बताएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।