ग्रिनफिल्ड र इबीए सेमिफाइनलमा



काठमाडौं । 

ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । टोलीको जितमा पुजन उप्रेतीले ९ अंक जोडे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४–१० ले हरायो ।
जुनियर ब्वाइजमै युनिकले महामञ्जुश्रीलाई १५–११ तथा स्किब्सले भ्याली भ्यूलाई ११–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । युनिकका सवल राई तथा स्किब्सका सोहन ठकुरीले समान ८–८ स्कोर गरे ।

सिनियर ब्वाइजमा जेनिथ, डिफेन्डिङ च्याम्पियन निम्स, एचएचसीए र ओसिस सेमिफाइनलमा पुगे । जेनिथले पुष्पसदनलाई ३९–३२, निम्सले आयोजक रेडिअन्टलाई ४३–३६, एचएचसीएले काठमाडौं जेभियरलाई ४१–३७ र ओसिसले ग्रिनफिल्डलाई ५९–५५ ले पन्छाए । जेनिथका सुशिल शाहीले १८, निम्सका सरोज लामिछानेले १०, एचएचसीएका डेविड राईले ११ र ओसिसका सुरेश रोकाले २६ अंक जोडे ।

सिनियर गल्र्समा संस्कृतिले लोक आदर्शलाई २५–४ ले निराश पार्दै साविक विजेता आयोजक रेडिअन्टसंग सेमिफाइनल भेट पक्का ग-यो । संस्कृतिकी निसी महतले ७ स्कोर गरिन् । अर्को सेमिफाइनल डिफेन्डिङ च्याम्पियन निम्स र न्यु भिजन एकेडेमीबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्