दुई महिना अघि अध्ययनका लागि जापान आएका प्रविणले किन रोजे मृत्युको बाटो…

0
Shares

जापान।

दुई महिना अघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ ।
जापानको रयोग़ोकु स्टेशनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोट स्थायी घर रहेका १८ वर्षीय प्रवीण नेपालको बिहिवार मृत्यु भएको हो ।

मृतक नेपालको के कसरी मृत्यु भएको हो भन्ने स्पष्ट जानकारी नगराइएपनि उनले आफ़नो मृत्युलाई आफैले रोजेको हुनसक्ने उनीसंगै बस्ने छात्रावासका साथीहरूको भनाइ छ ।

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गैरहेका उनी बिरामी भएको जानकारी गराइ सो दिनदेखि विद्यालय नआएको र उनी निकटका साथीलाई विद्यालयले कोठामा हेर्न लगाउदा कोठा नखुलेपछि विद्यालयबाट आइ कोठामा हेर्दा मृत फेला गरेको बताइएको छ ।

नेपालमा मृतकको परिवारलाई कन्सल्टेन्सिमार्फत उनको मृत्युको बारेमा जानकारी गराइएको विद्यालय स्रोतले जानकारी दिएको छ । शवलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको र पोस्टमार्टमको लागि अस्पतालमा राखिएको बताइएको छ ।

पारिवारिक स्रोतले शवलाई नेपालमै अन्तिम संस्कार गर्न चाहेकोले सरोकारवाला निकायसँग समन्वय भइरहेको बताइएको छ ।

मृतक नेपाल १८ वर्ष पुरा नभएकोले जापान आएदेखि कामपनि नगरेको उनका साथीले बताए । उनले आफ्नो फेसबुकमा रहेका सबै जानकारी स्टाटस तस्बिरलाई समेत मेटाएका छन् ।

उनी निकटका साथीको भनाइ अनुसार आर्थिक रूपमा पारिवारिक अवस्था पनि राम्रो रहेको थियो । के कति कारणले नेपालले मृत्युको बाटो रोजे भन्नेबारेमा यकिन केही भन्न सकिने अवस्था नरहेको देखिएको छ । उनी अन्तरमुखी स्वभावका रहेको साथीहरू बताउँछन् ।