निखारिदै पत्रकार महिला

0
Shares

काठमाडौं।

पत्रकार महिलाले आफूहरुको काम गर्ने शैलीमा निखरता आउन थालेको बताएका छन् । सञ्चारिका समूहले राजधानीमा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी पत्रकार महिलाहरुले तालिम तथा तीन महिने मेन्टरसिप कार्यक्रमले आफूहरुको लेखन शैलीमा थप सहयोग पुर्याएको बताए ।

भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैली समेत परिवर्तन भएको बताइन् । पत्रकार भएरै काम गरिरहँदा सञ्चारिकाको सो कार्यक्रमले आफूमा उर्जा बढाएको उनको भनाई थियो ।

यस्तै अर्का पत्रकार महिला भावना शर्माले तीन महिनाको अवधिमा आफू निखारिने मौका पाएको बताइन् । उनले वरिष्ठ पत्रकारलाई मेन्टरका रुपमा पाउँदा पत्रकारिताका लागि अपरिहार्य सुक्ष्म विषय पहिचान गर्न सकेको बताइन् । मेनुका श्रेष्ठ, सरिता चौधरी, निर्मला खडायतले पनि तीन महिनाको अवधिमा आफूहरु तिखारिने मौका पाएको धारणा व्यक्त थिए ।

कार्यक्रममा अमेरिकी दुतावासका प्रवक्ता एन्ना रिचे एलेनले पत्रकार महिलाको वृत्ति विकासका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताएकी थिइन् । पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको अवस्था दयनीय रहेकाले आफूहरुले स्तरोन्नतीका लागि सक्दो पहल गर्ने बताइन् । अमेरिकी दुतावासको सहयोगमा सञ्चारिका समूहले देशभरबाट छानिएका ११ जना महिलालाई तालिम तथा मेन्टरिङ कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, नेपाल पत्रकार महास‌ंघका केन्द्रीय सदस्य विकास कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी लगायतले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका थिए ।