काठमाडौँ ।
लायन्स क्लबअफ काठमाडौँ रेसुगांले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले काठमाण्डौंको गोंगबुमा अवस्थित विनायक अस्पतालको सहयोगमा कार्यक्रम गरेको हो ।
विभिन्न सामाजिक कार्य गर्दे आईरहेको क्लबले डेंगु संक्रमणका कारण अस्पतालमा विरामीहरुको उपचारका लागि रगतको कमि भएर असहज अवस्थासिर्जना हुन थालेपछि सामाजिकउत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबकाअध्यक्ष ईन्दु गौतमले बताउनुभयो ।
गौतमले भन्नुभयो ,‘पछिल्लो समय डेंगु संक्रमणका कारण अस्पतालमा रगतको अभाव भएको सूचना पाएर कार्यक्रमको आयोजना गरेकाहौँ’ । रगतको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्नु नपरोस भन्ने ।
यस्तै, कार्यक्रमका संयोजक उमा ढकालले रक्तदान जीवनदान भएकाले रक्तदान गर्नका लागि सबैलाई प्रोत्साहित गर्नुपर्ने बताउनु भयो। रगतको अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर कार्यक्रमको आयोजना गरेको ढकालको भनाई थियो ।
उक्त कार्यक्रममा क्लबका सदस्य र अन्यदाता गरी ५६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ३७ पिन्ट रगतजम्मा भएको क्लबकाअध्यक्ष गौतमले जानकारी दिनुभयो । क्लबले रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।











प्रतिक्रिया