आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु



भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोल बस्ने शन्त कुमार राईको घरको छेउमा रहेको भान्सामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शन्त कुमारको छोरा ५ वर्षीय आयुष राई रहेका छन् ।  खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  आगलागीमा परी घाइते भएकी शन्त कुमार राईकी श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्