अनमोल केसी ग्याङस्टर लुक्समा



अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म २.० छड्केको रिलिज डेट घोषणा गरिएको छ। नामका आधारमा छड्केको सिक्वेलका रूपमा बनाइएको फिल्मको निर्माण समूहले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गते छड्के रिलिजमा ल्याउने घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा ग्याङस्टर लुक्समा अनमोलको भयानक रूप देख्न प्रस्तुत गरिएको छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलका साथमा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बालगायतका कलाकार मुख्य भूमिकामा छन्। फिल्म दुई महिनाको छायांकन सेड्युलमा चितवन र मुस्ताध्रमा छायांकन गरिएको छ। छड्के–२ एउटा रिभेन्ज ग्याध्र स्टोरी फिल्म भएको र पहिलो भागसँग कुनै पनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले प्रष्ट्याएका छन्।

मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्यमा काभ्रे फिल्म्स्को ब्यानरमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काेरहेका छन्।

प्रतिक्रिया दिनुहोस्