सगरमाथाले जित्यो भलिबल उपाधि



हेटौंडा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा सम्पन्न दोस्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ को सगरमाथा युवा समाज क्लबले जितेको छ ।

शनिबार छातापिपरा माविको खेलमैदानमा सम्पन्न उपाधि भिडन्तमा कोल्हवी नगरपालिका–३ को समाजसेवा युवा क्लब जुअवालाई ३–० को सोझो सेटमा पराजित गर्दै पोताले प्रतियोगिताको उपाधि जितेको हो ।

जुअवाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको पोताले २५–१५, २५–१८ र २५–१६ को सहज नतिजा निकाल्न सफल भयो । विजेता क्लबले १ लाख तथा उपविजेताले ५० हजार रुपिया“ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्