गुजरात घटना अपडेट : मृत्यु हुनेकाे संख्या १३० पुग्याे



काठमाडाैं  ।

गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । १७७ जनाको उद्दार भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो ।

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो ।मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् ।  करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्