पाकिस्तानी क्रिकेटरको भारतीय सुन्दरीसँग प्रेम



काठमाडौं । 

क्रिकेटमा भारत र पाकिस्तानी टोलीबीचको खेललाई त्यस राष्ट्रका जनताले महायुद्धको रुपमा हेरिने गर्छ । भारत हारेमा पुरै पाकिस्तान खुशीयालीमा डुब्छन् ।

पाकिस्तान हारेमा पुरै भारत दिपावली मनाउने गर्छन् । कतिले आफ्नो टिभी सेट समेत फुटाल्ने गरेको पनि खबर आएको छ । यस पटक टी २० विश्वकप अस्टेलियामा शुरु भइसकेको छ । भारत र पाकिस्तानबीचको खेलमा भारतीय टोलीले नतिजा आफ्नो पक्षमा पारिसकेको पनि छ । प्रतियोगितामा अप्रत्यासित नतिजा पनि आएको हुँदा जारी विश्वकप रोमाञ्चक बन्दै पनि छ ।

खेलको विषयबाहेक अरु विषय पनि निकै चर्चित छ, त्यो हो खेलाडीको प्रेम प्रसंग । केही पाक खेलाडीले भारतीय सुन्दरीसँग रोमान्स गरेको, बीहे गरेको प्रसंग पनि छ । कुनै सफल भएको छ त कुनै बीचैमा समाप्त भयो र कुनै लामो समयसम्म टिक्न सकेन । अहिले सम्म भारतीय टेनिस सुन्दरी खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोयब मलिकको बीहे टिकेको छ । भारतीय अभिनेत्री रीना राय र पाकिस्तानी क्रिकेटर मोहसिन खानको

बीहे भने टिकेन ।
चर्चित ५ प्रेम प्रसंग

सानिया मिर्जा र शोयब मालिक
सानिया र शोयबको प्रेम प्रसंगले भारत र पाकिस्तानमा निकै सनसनी मचाएको थियो । यो प्रेम प्रसंग चलिरहँदा धेरैले यिनीहरुको सम्बन्ध लामो समयसम्म टिक्ने छैन भनिरहेका थिए । तर, दुबै राष्ट्रबीचको सम्बन्ध चिसो भएपनि यी जोडीको सम्बन्ध भने घनिष्ठ रहेको छ । सन् २००४ तिर दुबैको भेट भारतमा भएको थियो । तर, यो समयमा उनीहरुबीच त्यति कुराकानी भने भएको थिएन । २००९ तिर सानिया र शोयब अस्टे«लियाको होबर्टमा भेट भएको थियो । त्यतिबेला सानिया टेनिस खेल्न पुगेकी थिइन् भने शोएब पाकिस्तानी टोलीमा थिए । पाकिस्तानी टोलीले अस्टे«लियामा क्रिकेट खेल्न भ्रमण गरेको समय थियो । यहाँ उनीहरुको कुराकानी हुँदै गयो र दुबै जना साथी बने । उनीहरुबीच लगातार भेटघाट हुँदै गयो र अन्ततः ५ महिनापछि विवाह भयो । १२ अप्रिल २०१० मा विवाह भएको यो जोडीको वैवाहिक सम्बन्ध १२ वर्ष नाघिसकेको छ । सानियाले उनको आत्मकथा ‘ऐस अगेन्स्ट अड्स’ मा उल्लेख गरेकी थिइन् कि शोएब उनको जीवनमा त्यस समयमा आए जब उनी व्यवसायिक जीवनमा समस्यासँग जुधिरहेकी थिइन् ।

हसन अली र शामिया आरजू

शामिया आरजू हरियाणाकी हुन् भने हसन अली पाकिस्तानी क्रिकेटर हुन् । उनीहरुको विवाह सन् २०१९ मा भएको थियो । करिब २ वर्षसम्म डेटिङ गरेपछि उनीहरुले विवाह गर्न निर्णय लिएका थिए । शामिया जेट एयरवेजमा एयरहोस्टेसको रुपमा काम गर्छिन् । केही समयपछि उनले इमिरेट्स एयरलाइन्समा फ्लाइट इन्जिनीयरको रुपमा काम गरिन् । दुबईमा उनको भेट पाकिस्तानी क्रिकेट टोलीका बलर हसन अलीसँग भयो । डिनरको समयमा भएको भेटमा हसनलाई शामिया मन परेको शामियाले बताएकी थिइन् । हसन अहिले पाकिस्तानी टोलीमा परेका छैनन् । तर, शामियाले एक इन्स्टाग्राम लाइभमा उनका मनपर्ने खेलाडी विराट कोहलीको नाम लिएकी थिइन् ।

मोहसिन खान र रीना राय

७० र ८० को दशकमा चर्चित बनेकी भारतीय अभिनेत्री रीना राय र अभिनेता शत्रुघन सिन्हाको अफेयरले निकै चर्चा बटुलेको थियो । सबैलाई लागेको थियो कि यी दुईबीच छिटै बीहे हुनेछ । तर, शत्रुघनले सन् १९८१ मा अभिनेत्री पूनम (जिग्रिी दोस्त १९६९ को अभिनेत्री) सँग बीहे गरेका थिए । रीनाले आफुलाई धोखा भएको महसुस गरेर यो सम्बन्धबाट बाहिर निस्कन कोशिस गरिन् । यही समयमा मोहसिन उनको जिन्दगीमा आएका थिए ।
केही समयपछि १९८३ तिर लाहोरमा रीना र मोहसिनको बीहे भएको थियो । उनीहरुको एक छोरी पनि छिन् । तर, केही वर्षपछि १९९१ तिर दुबैको डिभोर्स भयो । मोहसिन परिवारसँगै लन्डनमा बस्न चाहन्थे भने रीना भने यो कुरामा खुशी थिइनन् । यही सानो कुरामा उनीहरुले राम्रो सम्बन्ध टुटाएका थिए । डिभोर्सपछि छोरी जन्नतलाई रीनाले साथमा राखिन् भने पछि उनले छोरीको नाम परिवर्तन गरेर सनम राखेकी थिइन् । सनम राख्नुको कारण १९८२ मा प्रदर्शित एक चलचित्र सनम तेरी कसम थियो । यो चलचित्रमा रीना अभिनेत्री थिइन् भने कमल हासन अभिनेता थिए ।

इमरान खान र जिनत अमान

नोभेम्बर १९७९ मा पाकिस्तान क्रिकेट टोलीले भारतमा खेल्न आएको थियो । त्यही समयमा भारतीय अभिनेत्री पािकस्तानी कप्तान इमरान खानसँग भेट भएको थियो । उनीहरु दुबै जना घुमघाम गर्ने समेत भइसकेको थियो । दुबैको अफेयर निकै चर्चित बनेको थियो कि बीहे छिटै हुनेछ भनेर पनि । तर, यो प्रेम प्रसंग बीचैमा समाप्त हुन पुग्यो र दुबै आफ्नो बाटो लागेका थिए । यो सम्बन्धले विश्राम लिएपछि इमरानले जेमिमा गोल्डस्मिथसँग विवाह गरे भने जिनतले मजहर खान (शान १९८० मा अब्दुल चरित्र खेलेका ) सँग बिहे गरिन ।

वसिम अकरम र सुष्मिता सेन

वसिम अकरम र सुष्मिता सेनको भेट सन् २००८ मा रियालिटी शो एक खेलाडी एक हसिनाको सेटमा भएको थियो । पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान वसिम त्यतिबेला विवाहित थिए । सेटमा दुबैजना निकै नजिक भएको चर्चा हुन थालेको थियो । सन् २००९ मा वसिमकी श्रीमति हुमाको निधनपछि दुबै जना अझ नजिकिएका थिए । दुबैले यो सम्बन्धबारे केही बोलेका छैनन् । तर, दुबै जनाले घुम्ने, डेटिङ गर्ने, साथमा बस्ने गरिरहेका थिए । भारतीय अभिनेत्री तथा पूर्व विश्व सुन्दरी सुष्मिताले यो विषय सबै झूठो र हल्ला मात्रै रहेको बताएकी छन् । वसिमले यो सम्बन्ध भएको अस्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्