पलविरुद्धको सुनुवाइ आज


तनहुँ ।

नाबालिग करणी अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज बुधबार हुने भएको छ। गत असोज २ गतेका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि आजका लागि पेशी तोकिएको हो।

शाहका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आज बुधबारका लागि पेशी तोकिएको जानकारी दिए। नायक शाहविरुद्ध नवलपुर जिल्ला अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ। साथै, २५ हजार रुपियाँ जरिवाना र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ।

नाबालिकालाई करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।