बाबरी रंगमा धिरज र अदितीको विश्वास



अभिनेता धिरज मगरले कुनै पनि फिल्मले राम्रो व्यापार गर्नका लागि फिल्म नै गतिलो हुनुपर्ने र स्टारडमले काम नगर्ने बताएका छन्।विजया दशमीको अवसर पारेर आगामी असोज १४ गतेबाट अल नेपाल रिलीज हुन लागेको फिल्म बाबरीबारे जानकारी दिन राजधानीमा हालै आयोजित प्रेस भेटघाटमा उनले आफूमा स्टारडम नभए पनि बाबरी राम्रो बनेकोले दर्शकले रुचाउने दाबी गरे। मसँग फिल्मको राम्रो ओपनिङ गर्ने स्टारडम छ भन्ने नै मलाई लाग्दैन।

मलाई व्यक्तिगत रूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन। किनकि, बाबरी मेरो केवल दोस्रो फिल्म हो। फिल्म क्षेत्रमा अझै मैले धेरै सिक्न र गर्न बाँकी छ। कुनै पनि फिल्म चल्नका लागि त्यो फिल्म नै राम्रो हुनुपर्छ। बाबरी टिमवर्कका कारण राम्रो फिल्म बनेकाले दर्शकले रुचाउनेमा हामी ढुक्क छौँ। यसको एउटा मुख्य कलाकारको रूपमा बढी जिम्मेवारी महसुस गरेको छु मगरको भनाइ थियो।

इन्टु मिन्टु लण्डनमा नामक पहिलो फिल्मबाटै हाईहाई कमाएका धिरजले चार वर्षको अन्तरालपछि दोस्रो फिल्म बाबारीमा देखिन पाउँदा खुशी व्यक्त गरे। फिल्ममा गाउँको काजीको भूमिकामा फरक गेटअप र बोल्ने शैलीमा देखिएका उनले रियल र रिल लाईफमा आफू अत्यन्तै फरक भएको बताए। फिल्ममा मेरो क्यारेक्टर मभन्दा विल्कुलै फरक छ। म युकेमा हुर्केकाले यो फिल्ममा गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको मेरो लागि अत्यन्तै चुनौतीपूर्ण विषय थियो।

तर एउटा कलाकारको रूपमा मैले आफूले आफूलाई एक्सप्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय दिलाउने कोशिष गरेको छु युकेमा हुर्किएका धिरजले भने पहिलो फिल्म इन्टु मिन्टु लन्डनमा युकेकै क्यारेक्टर भएकाले सजिलो थियो। खासै फरक परेन। तर यसमा आफ्ना वास्तविक चरित्रभन्दा फरक चरित्र गर्नु म स्वयंका लागि च्यालेन्जिङ थियो। यो क्यारेक्टर गाउँगाउँमा भेटिन्छ। मैले चाहिँ सुटिङका लागि लेताङमा गएपछि भेटेँ देखेँ। त्योभन्दा अघि लेताङ भन्ने ठाउँ पनि थाहा थिएन। बाबुसाहेब भन्ने पनि थाहा थिएन।

घिरज भन्दै थिए मेरो र अदिती दुवैको केवल दोस्रो फिल्म भए पनि यसबाट हामी किन पूर्ण आशावादी छौँ भने बाबरी दशैंजस्तो चाडमा रिलीज हुँदैछ। मानिसलाई चाडवाडमा नाचगान र रमाइलो गर्ने मन हुन्छ। चाडवाडमा रमाइलो गर्न र नाच्नका लागि यसको चुलबुले र बाबरी रंगमा रंगिएरजस्ता सबै गीत हिट छन्। बाबरीलाई टिजरदेखि टझलरसम्मै सबैले रुचाउनुभएको छ। त्यस कारण फिल्म पनि रुचाउने विश्वास हाम्रो टिमको छ।

फिल्म निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्ममा धिरजको जोडीका रूपमा अदिती बुढाथोकी छन्। अदितीका लागि पनि फिल्ममा अभिनय अनुभव बाबरी दोस्रो हो। उनले पहिलो फिल्म कृको तुलनामा बाबरीले आफ्नो परिचय मजबुत बनाउने बताइन्। खासमा यो दुई वर्षदखिको प्रोजेक्ट हो। लकडाउनले गर्दा ढिलो भयो। धिरजको जस्तै यो मेरो पनि सेकेन्ड मूभि हो। तर बाबरीमा हामी सबैले एकदम मेहनत गरेका छौँ। धेरै नै इफोर्ट लगाएका छौँ। त्यसैले यसबाट एक्सपेक्टेसन पनि छु अदितीले भनिन् यो फिल्म मेरो लागि भन्दा पनि सबैका लागि विशेष छ।

अझ मेरो कुरा गर्ने हो भने कृमा भन्दा यसमा धेरै काम छ मेरो। धेरै लामो समयपछि फिल्ममा आएको छु। यसमा मेरो पढे लेखेको, आफ्नै डिसीजनमा चल्ने, कोहीसँग नडराउने निडर केटीको रोल छ। बाबरीको सेन्ट्रल क्यारेक्टर मेरो हो। त्यसैले कृभन्दा बाबरी क्यारेक्टर गर्न निकै डिफिकल्ट थियो। त्यसका लागि कम्फर्ट जोनबाट बाहिर निस्कनु परेको थियो। तर रिजल्ट चाहिँ मेहनतअनुसार राम्रो भएको छ।

फिल्मका निर्देशक सुरेन्द्र पौडेलका अनुसार बाबरीको निर्माण पहिले अर्कै नामबाट शुरू भएको थियो। पहिला फिल्मको नाम बाबरी नभएर अर्कै थियो। बार्बची क्याफे र अरू केके हुँदै नाम राख्ने क्रममा यसको नाम लास्टमा आएर बाबरी भएको हो। सुटिङमा जानु एक हप्ता अघि कोभिडले दु : ख दियोु सुरेन्द्रले सुनाए त्यसपछि फेरि एक वर्षसम्म स्क्रिप्टमा बस्यौँ। फाइनल स्त्रिप्mटसम्म पुग्दा यसको नाम बाबरी हुन पुग्यो। बाबरी मसँगै धिरज, अदिती, धिरज नाडकर सबैका लागि पनि महङ्कवपूर्ण छ। यो फिल्म केवल रमाइलोका लागि बनाइएको छ। त्यसैले फिल्म हेरेर इन्टरटेनमेन्ट गर्न चाहनेका लागि बाबरी सही र महङ्कवपूर्ण फिल्म हो। यो हामै गाउँघरकै कथा हो। बाबरी एकदम मगमग बास आउँछ नि त। यसमा हाम्रो हिरोइन पनि त्यस्तै छ।ु
बाबरी फिल्मको व्यानरमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीद्वारा निर्मित फिल्ममा धिरज मगर र अदिती बुढाथोकीका साथमा धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुगोनलगायतका कलाकार प्रमुख भूमिकामा छन्।

ट्रेलर र गीतका कारण चर्चामा रहेको त्रिकोणात्मक प्रेमकथाको फिल्ममा सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन, कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, एन्जेला खत्री र विक्रम लामाको कोरियोग्राफी, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेलकै सम्पादन रहेको छ।बाबरीको अस्ट्रेलिया प्रदर्शन राइट्स बिक्री भइसकेको छ। फिल्म नेपालमा रिलीजको १० दिनपछि अस्टझेलियामा पनि रिलीजमा आउनेछ भने तिहारको एक सातापछि हङकङमा रिलीज गर्ने गरी निर्माण र वितरण पक्षबीच सम्झौता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्