पूर्वन्यायाधीशको केन स्टारको निधन



एजेन्सी ।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि महाभियोग लगाउने विषयमा अनुसन्धानको नेतृत्व गरेका न्यायाधीश केन स्टारको मंगलबार निधन भएको उनको परिवारले घोषणा गरेको छ ।

७६ वर्षीय स्टारको शल्यक्रियापछि जटिलताका कारण टेक्सासको ह्युस्टनमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमा जनाएको छ । स्टारले पूर्वराष्ट्रपति क्लिन्टनले मोनिका लेविन्स्कीसँगकोे सम्बन्धको बारेमा झूटो बोलेका कारण उनीमाथि लागेको महाभियोगको छानबिनको नेतृत्व गरेका थिए ।

क्लिन्टनलाई सन् १९९८ मा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । तर, माथिल्लो सदन सिनेटले सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्